Author: Scoop Khabar

चितवन । चितवनको सुरक्षामा प्रहरी महानिरीक्षक (आईजिपी) दिपक थापाले विशेष चोसो राखेका छन् । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीसँगको जम्काभेटमा यस्तो चासो व्यक्त गरेका हुन् । चितवनमा आज र भोली हुने विभिन्न कार्यक्रममा सरिक बन्न आएका आईजीपी थापा मेयर रेग्मीबिच भरतपुर विमानस्थलमा विशेष जम्काभेट भएको थियो । ‘कालिका सुरक्षा दृष्टिकोणले पनि रेड जोनमा छ,’ आईजीपी थापाले भने, अब छिटै कालिका नगरपालिकामा इन्पेक्टरको दरबन्दी कायम हुन्छ ।’ मेयरसाबसहित यहाँका धेरै स्थानियले समेत मलाई जानकारी गराउनुभएको छ भन्दै उनले केहि दिनमा त्यहा उचित प्रबन्ध मिलाई इन्पेक्टर पठाउन चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई निर्देशन दिए । कालिका मात्र नभई आफू…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याए । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार । लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाउनुभएका गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे । काठमाण्डौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिए । मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि दु्रत गतिमा अघि बढाएका मन्त्री…

थप

काठमाडौं । नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने भएको छ । ‘लैङ्गिक समानता र न्यायलाई मूल प्रवाहमा ल्याउने’ उद्देश्यसहित भदौ ५ र ६ गते राजधानी काठमाडौंमा दुईदिने सम्मेलन आयोजना गर्न लागिएको हो । ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ नाम दिइएको सो कार्यक्रममा देशभरका विभिन्न इकाइमा कार्यरत महिला प्रहरीहरू सहभागी हुनेछन् । सम्मेलनमा उनीहरूको अनुभव, योगदान, चुनौती र भावी सुधारका विषयमा बहस गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको संयोजकत्वमा सात सदस्यीय संयोजन समिति गठन गरेका छन् । उक्त समितिले कार्यक्रमको आयोजना, व्यवस्थापन…

थप

टोकियो । जापानमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगस्ट २३ (शनिबार) र २४ (आइतबार) तारिखमा टोकियोको प्रसिद्ध शिबा पार्क (टोकियो टावर नजिकै) मा दुईदिने “तीज फेस्टिवल-२०२५” आयोजना हुने भएको छ। सन् २०१९ मा पहिलो पटक आयोजित ‘तीज फेस्टिवल-२०१९’ लाई जापानवासी नेपालीहरूको अपार माया र सहभागिताले सफल बनाएको स्मरण गर्दै यस वर्ष थप भव्यताका साथ फेस्टिवल आयोजना गर्न लागिएको डेस्टिनी क्रिएसनका संस्थापक असिम बस्नेतले जानकारी दिए । यस वर्षको तीज फेस्टिवलमा नेपालबाट लोकगायक पशुपति शर्मा, गायिका सुनिता दुलालसहित अन्य चर्चित कलाकारहरू सहभागी हुनेछन्। साथै, जापानमै रहँदै आएका लोकप्रिय कलाकारहरू सूर्य खड्का, रितु थापा मगर लगायत अन्य स्थानिय…

थप

काठमाडौं । गत ५ साउनमा बसेको बढुवा समितिको बैठकले ११ एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको थियो। बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका एसपी बस्नेत सिफारिसमा छुटेका थिए। यसअघि पनि पटक–पटक बढुवामा छुटेका बस्नेतले यसपटक नपरेपछि उजुरी गरेका छन्। सिनियर एसपी बस्नेतले सो सिफारिसविरुद्ध प्रहरी नियमावली दफा ४२ अनुसार उजुरी दिएका हुन् । बस्नेतका ब्याचका प्रहरी अधिकृतहरु हाल डिआइजी भइसकेका छन्। एसएसपी बढुवामा लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा बढुवा उपर उजुरी सुन्ने समितिको निर्णय गर्ने प्रावधान प्रहरी नियमावलीमा छ । जसमा मुख्यसचिव र कानूनसचिव सदस्य रहनेछन्। अब सो समितिले उजुरी फस्र्यौट गरेपछि मात्र एसएसपी बढुवाको टुंगो लाग्ने भएको छ। एसएसपीको बढुवा रोकिएपछि…

थप

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा एक २३ वर्षीया महिला मृत फेला परेकी छन् । चन्दन मण्डलकी श्रीमती शोभा मण्डल मृत फेला परेकी हुन् । राति करिव साढे १२ बजे शोभा झुण्डिएको अवस्थामा फेला परेको खबर प्राप्ता भएपछि प्रहरी टोली घट्नास्थल परगेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अनिल बैठाका अनुसार प्रहरी टोली पुग्दा शव ओछ्यानमा भेटिएको थियो । ‘घरपरिवारले झुण्डिएको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बताएका छन्’– बैठाले भने । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक विवरणका आधारमा आत्महत्या भएको आशंका गरिएको भए पनि पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ…

थप

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सीमावर्ती बस्तीहरूमा भारतीय सुरक्षाकर्मीले रातारात नेपाली भू–भागमा प्रवेश गरी स्थानीयहरूमाथि धरपकड र कुटपिट गर्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् । गत बिहीबार राति भारत बिहारको कोरियापट्टीमा भएको हत्या घटनाका आरोपितहरू खोज्दै हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले छिन्नमस्ता–३ धोबियाही र वडा नम्बर ६ को कोचाबखारी गाउँमा आक्रमक शैलीमा छापा मारेका थिए । उनीहरू दुई स्कार्पियो र चार मोटरसाइकलमा सादा पोसाकमा आएर न्यौर बोर्डरबाट नेपाल छिरेका थिए । धोबियाही टोलबाट २२ वर्षीय रञ्जित सदा र २४ वर्षीय मनोज मण्डललाई नियन्त्रणमा लिई भारत लगे पनि पछि छोडेका थिए । तर, उनीहरू दुवैजना कुटपिटको शिकार बनेको स्थानीयले बताएका छन् ।…

थप

काठमाडौं । सिन्धुलीको गोलनजोर गाउँपालिका–६ बिप्पर कटेरीमा एकै परिवारका १६ जना रहस्यमय ढंगले बेपत्ता भएका छन् । बेपत्ता उर्मिला हायुको परिवारले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ताको ८ लाख रूपैयाँभन्दा बढी रकम चार दिनअघि मात्र एकमुष्ट रुपमा लिएका थिए । सोहीदिन घरमै सुँगुर काटेर मासु खाएको र भोलिपल्टदेखि सम्पर्कविहीन भएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बेपत्ता परिवारले बिहीबार (८ साउन) को दिन घरमै सुँगुर काटेर मासु खाएको जानकारी गाउँलेहरूले दिएका छन् । त्यसपछि उनीहरू सम्पर्कविहीन छन् । सिन्धुलीका प्रहरी, स्थानीय प्रशासन र स्थानीय बासिन्दाले सोमबार बिहानदेखि खोजी सुरु गरेका छन् । उनीहरू बसोबास गर्दै आएको…

थप

काठमाडौं । आफू हाजिर भएपश्चात नै भन्सार, चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मानव बेचबिखन तथा ओसारपसार जस्ता बिषयमा अभियान नै सञ्चालन गरेर कार्य क्षेत्रमा होमिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सर्वोत्कृष्ट हुन सफल भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्य सम्पादन सम्झौता कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले सो जानकारी गराएका हुन् । ४० वटा बुँदामा केन्द्रित रहेर गरिएको कार्य सम्पादनहरूको बिषयलाई आधार बनाएर गरिएको मूल्याकंनमा पर्सा प्रहरी ९०.१९ ५ अंकका साथ प्रथम हुन सफल भएको छ । पर्सामा एसपी मिश्रले आफ्नो नेतृत्वमा करिब ६०…

थप

काठमाडौं । गृह मन्त्रालयले २ प्रमुख जिल्ला अधिकारीसहित चार सहसचिवको सरुवा गरेको छ । सरुवा सूची अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा. टोकराज पाण्डेलाई त्यहाँ पठाइएको छ । त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई त्यहाँ पठाइएको छ ।

थप