काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । सामाजिक सन्जालमार्फत उनको निधन भएको खबर बाहिरिएको हो ।
रबिनकै फेसबुकबाट उनको निधन भएको खबर सार्वजनिक भएको हो । फेसबुकमा भनिएको छ, ‘अत्यन्तै दुखद खबर । रबिनको आज निधन भएको छ । हामी तपाईलाई जानकारी राख्नेछौं ।’
उनको निधनको कारण भने खुलाइएको छैन । तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् ।
चिसो चिसो हावामा, जति माया लाए पनि, भुलमा भुलियोलगायत उनका हिट् गीतहरु हुन् । साथै उनले छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौ फिल्महरुमा पनि अभिनय गरेका छन् ।
उनी रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक समेत हुन् ।

Facebook Comments Box
