काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमबहादुर खत्रीको उपचारका क्रममा निधन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वार्टर बर्दियामा दरबन्दी रहेका खत्रीको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
बर्दियाको गुलरिया नगरपालिका–४ स्थायी घर भएका खत्रीको २०८३ कात्तिक ९ गते दिउँसो ४ः४० बजे चिकित्सकले मृत्यु घोषणा गरेका थिए।
सुरक्षा सेवामा कार्यरत खत्रीको निधनले सशस्त्र प्रहरी बल नेपालमा शोक छाएको छ। उनको निधनले परिवार, आफन्त तथा सहकर्मीहरूलाई अपूरणीय क्षति पुगेको छ।
दिवंगत खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा सशस्त्र प्रहरी बल नेपाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।

