काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले जनताको अपेक्षाअनुसार विकास निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको र जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।
जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दवाव दिनुपर्ने उनको भनाई थियो ।
अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याए ।
