काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय श्रीकान्त पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा दिनभर भएको बहसपछि अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।
सर्वोच्चको यो निर्णयसँगै नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकका रूपमा काम गर्न अदालतबाट तत्कालका लागि कुनै कानुनी अवरोध नरहने भएको छ।
कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै पुनर्बहालीको माग गरेका थिए।
तर, अन्तरिम आदेशको माग अस्वीकार भएसँगै अब उक्त विवादको अन्तिम टुंगो भने मुद्दाको पूर्ण सुनुवाइबाट लाग्नेछ।
Facebook Comments Box

