काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले आज शपथ लिने भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम तय गरिएको छ ।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई शपथग्रहणका लागि बोलाइएको हो ।
उनीहरूलाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
सभापतिमा निर्वाचित थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका हुन् ।
आजको कार्यक्रमसँगै महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछ ।
Facebook Comments Box

