काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि रोकिएको प्रहरी उपरीक्षक (एसपी) तहको नियमित सरुवा प्रक्रिया अघि बढेको छ। प्रहरी संगठनभित्र ६० जनाको सरुवा भएको छ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले आवश्यक तयारी अघि बढाएर सरुवा निकालेको हो।
यसअघि सरुवामा देखिँदै आएको अपारदर्शिता र पहुँचका आधारमा जिम्मेवारी निर्धारण हुने गुनासो सम्बोधन गर्न डीआईजी राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।
समितिले अधिकृतहरूको योग्यता, क्षमता, दक्षता र कार्यसम्पादनका आधारमा उपयुक्त जिम्मेवारी सिफारिस गरेको छ।






Facebook Comments Box

![६० जना एसपीको सरुवा [सुचिसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/04/sp-logo-1024x546.png)