काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरिएको छ ।
नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले एसपीतर्फ काजी कुमार आचार्यलाई कर्मचारी प्रशासन शाखा, सुदीप राज पाठकलाई विशेष ब्युरो र निरञ्जनदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरेका छन् ।
त्यस्तै, डीएसपीतर्फ अछाममा कार्यरत पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा खटाइएको छ । दमकमा कार्यरत हरिबहादुर बस्नेतलाई सर्वोच्च अदालत र बरहथवामा कार्यरत गोपीकृष्ण सुवेदीलाई पोखरा गणमा काज सरुवा गरिएको छ ।
यसैगरी, डीएसपी विश्वराज अधिकारीलाई केन्द्रीय लेखा शाखा, तर्कराज पाण्डेलाई प्रबन्ध शाखा, दानबहादुर थापालाई कर्मचारी प्रशासन शाखा र मदन कुँवरलाई विपद् व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ ।

