काठमाडौं । प्रहरीले गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई पक्राउ गरेको छ
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेका हुन् ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । पछि उनले टिकट पाएनन् ।
Facebook Comments Box
