एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि नेपालको संविधान च्यात्ने सतेन्द्र साह चुनावी मैदानमा छन् ।
उनी खुलेरै आफ्नो टिम बनाएर औपचारिक रुपमा चुनावी मैदानमा छन् । तर, यसरी नेपालको संविधान नै च्यात्नेले कसरी एनसीसी अमेरिकाको नेतृत्व गर्छ ? भनेर धेरैले आलोचना गरेका छन् ।
जुनकुरा उनले आफैले दिएको अन्तर्वार्तामा समेत भनेका छन् । पत्रकारले संविधान जलाउनु भएको हो भन्ने प्रश्नमा साहले जलाएको नभएर च्यातेको बताएका छन् ।
यसरी संविधान च्यात्ने साहले त्यही संविधान अन्तर्गत चल्ने एनआरएनको नेतृत्व समाल्न तयार छु भनेर प्रचारबाजी गर्दै अध्यक्षमा उठ्नु हास्यास्पद हो ।
साहसँगै चुनावी मैदानमा भानु खरेल र रामहरि अधिकारीको टिम पनि होमिएको छ । खरेल र अधिकारी दुवैको टिम पनि आफ्नो चुनावी प्रतिबद्धता पत्रसहित चुनावी मैदानमा होमिएको छ ।
साहले आफ्नो फेसबुकमा सेयर गरेको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
