चितवन । रत्ननगर नगरपालिकाले इलाका प्रहरी कार्यालय, टाँडीलाई तीन वटा मोटरसाइकल प्रदान गरेको छ ।
समग्र जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी र चुस्त बनाउन भन्दै नगरपालिकाले १५० सिसिको तीनवटा पल्सर मोटरसाइकल प्रहरीलाई दिएको हो ।
नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच नगरप्रमुख प्रल्हाद सापकोटाले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख सापकोटाले कालिका र रत्ननगरको एक लाख १० हजार जनताको शान्ति सुरक्षाको जिम्मा लिएको इलाका प्रहरी कार्यालयलाई सवारी साधन अभाव नहोस् भनेर मोटरसाइकल दिइएको बताए ।
Facebook Comments Box
