काठमाडौं । सुनसरीमा निर्माणाधिन घरको सेप्टिक ट्यांकीभित्र दुई जना मृत अवस्थामा भेटिएका छन् ।
दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र सोही नगरपालिकाका २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत भेटिएका हुन् ।
बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको ट्यांकीभित्र ठेकेदार तामाङ र कामदार राई मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ । त्यसपछि मात्रै अन्य विषय खुल्ने बताइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
