अथाह जलको छाती चिर्दै,
गहिराईका रहस्यहरू टिप्दै ।
अक्सिजन भन्दा ठूलो बोकेर निष्ठा,
गोताखोर सेवा बढायौ प्रतिष्ठा।।
जीवन जोगाउने अभियान हौ तिमी,
सशस्त्र प्रहरीको स्वाभिमान हौ तिमी।
अन्धकार भित्रको जागृत दृष्टि हौ तिमी,
हराएको आशा खोज्ने अदम्य शक्ति हौ तिमी ।।
४० मुनिका ४० मध्येका रमेश थापा जलवीर हुन् ।
सिलसिलेवार सूची हैन समर्पणको प्रमाण हुन् ।।
अविराम मानवताप्रति सलाम छ तिमीलाई ।
गर्व साथ, बधाई भनौं जलमुनीका वीर रमेशलाई ।।
लेखक पुष्पराम केसी
सशस्त्र प्रहरी बल, नेपालका पूर्व महानिरीक्षक ।
Facebook Comments Box
