काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–६, कुमारी चोकमा स्कुटरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
देउरीबाट मुर्कुचीतर्फ गइरहेको स५प ७० नम्बरको स्कुटरको पछाडि बसेकी सिराहाको सुखीपुर नगरपालिका–८ की ५८ वर्षीया श्रीमती गंगिया देवी साह सुडीको अचानक खसेर मृत्यु भएको हो ।
उनकै श्रीमान ६८ वर्षीय जगरनाथ साह सुडीले चलाइरहेको स्कुटरबाट खसेर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।
त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Facebook Comments Box
