कैलाली । जिल्ला कारागार कैलालीमा झडप हुँदा एक कैदीबन्दीको मृत्यु भएको छ । एक महिनादेखि निरन्तर झडप हुँदै आएको कारागारभित्र शुक्रबार राति फेरि भडप भएको हो ।
बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको थियो । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै झडपमा परी दर्जनौँ कैदीबन्दी घाइते भएका छन् । घाइते कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ । घटनाबारे छानबिन भइरहेको छ ।
घटनापछि कारागारभित्रको अवस्था तनावग्रस्त बनेको थियो । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ । विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ ।
अस्पताल र कारागार परिसरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
