काठमाडौं । नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) राजु अधिकारीलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधबार राति कार्यालयले इन्स्पेक्टर अधिकारीलाई डीएसपीमा एकल बढुवाका लागि सिफारिस गरेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर अधिकारी इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत थिए ।
हाई प्रोफाइल व्यक्ति जोडिएको भुटानी शरणार्थी प्रकरणको उनले अनुसन्धान गरेका थिए । उक्त प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत अन्य हाई प्रोफाइल व्यक्तिहरु जेल पुगेका थिए ।
अहिले पनि यो प्रकरणमा रायमाझी र गृहमन्त्रालयका तत्कालीन सचिवसहितका व्यक्तिहरु कारागारमै छन् । यो मुद्दा भने अदालतमा विचाराधीन अवस्थामा छ ।
