काठमाडौं । फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबाार राति भएको अन्तिम १६ को खेलमा अमेरिकी क्लब इन्टर मियामीलाई ४-० ले हराउँदै पीएसजी अघिल्लो चरणमा प्रवेश गरेको हो ।
पीएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने अचरफ हाकिमीले १ गोल गर्दा एक गोल उपहार पाएको थियो । सबै गोल पहिलो हाफमै भएका थिए ।
छैटौं मिनेटमा नै नेभेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा नेभेसले नै गोल गर्दै अग्रता दोब्बर पारे भने ४४औं मिनेटमा मियामीका टोमस अविलेसबाट आत्मघाती गोल भयो ।
इन्जुरी समयमा हाकिमीले गोल गरेपछि पीएसजी ४-० ले अगाडि रह्यो । दोस्रो हाफमा मियामीले केही अवसरहरू सिर्जना गरेपनि फिनिसिङ हुन सकेन ।
योसँगै लियोनल मेस्सी सम्मिलित मियामीको क्लब विश्वकप यात्रा प्रि-क्वाटरफाइनलबाटै टुंगिएको छ ।