काठमाडौं । पछिल्लो समय उपत्यका ट्राफिक प्रहरी कार्यालयका कर्मचारीहरु ट्राफिक व्यवस्थापनमा खटिएका छैनन् । काठमाडौंमा सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदा ट्राफिक प्रहरीहरू आफैँ साबेल चलाएर बाटो समेत क्लियर गरिरहेका भेटिन्छन् ।
मंगलबार मित्रपार्क-कालोपुल क्षेत्रमा ट्राफिक प्रहरीहरु बाटो क्लियर गरिरहेको भेटिए । सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको पिडा देखेपछि ट्राफिक प्रहरी आफै बाटो क्लियर गर्न लागिपरेका हुन् ।
जुन कामको अहिले चौतर्फी प्रशंसा भएको छ । सवारीसाधन र पैदलयात्रीलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सावेल चलाएको फोटो सार्वजनिक भएपछि चौतर्फी प्रशंसा भएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने क्रममा सडक खनिएको छ । सडक खनेपछि समयमै काम नसकिँदा सवारीसाधन र पैदलयात्रीलाई सास्ती भएको छ ।
मित्रपार्क–कालोपुल सडकखण्डमा तार भूमिगतको काम भइरहेको र ट्राफिक व्यवस्थापनमा समस्या छ । जुन दृश्य त्यही क्षेत्रको हो । सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ ।
सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न उक्त क्षेत्रका ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो । त्यसपछि ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरू आफैँ साबेल चलाएर बाटो क्लियर गरेका हुन् ।


तस्बिर स्रोत : सामाजिक संजाल
![काठमाडौंमा साबेल चलाएर बाटो ‘क्लियर’ गर्दै ट्राफिक प्रहरीहरु [तस्बिरसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/06/FB_IMG_1750242152752.jpg)