काठमाडौं । गोरखामा एक युवकले आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘रिलेशनसिप’मा रहेका आफ्नै प्रेमिकाको नग्न तस्बिर समाजिक सञ्जालमा
हालेको आरोपमा शाहिदलखन गाउँपालिका–२ बस्ने १९ बर्षका जिफ्रान थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीका अनुसार पक्राउ परेका थापा मगरलाई अहिले विद्युतिय कसूरमा मुद्वा दर्ता गरी अनुसन्धान भई रहेको छ ।
पक्राउ परेका यूवकले नाम परिवर्तित (काठमाडौ) प्रेमीलाई सामाजिक सञ्जालमा भिडियो कल गर्न लगाई विभिन्न बर बहाना बनाई विश्वास दिलाई अश्लिल हर्कत गर्न लगाएर मोबाइलमा स्क्रिन रेकर्ड गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै मोबाइलमा राखिएको ति भिडियो अन्य साथीभाईलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न लगएर महिलाको चरित्र हत्या, अपमान गरी अमर्यादित कार्य गरेको भन्ने पीडितको जाहेरी गोरखा प्रहरीमा परेपछि युवकलाई पक्राउ गरिएको सूचना अधिकारी सुवेदीले बताए ।
युवकले प्रयोग गरेको मोबाइल गोरखा प्रहरीले फरेन्सीक ल्याबमा परीक्षणको लागि पठाएको र त्यसको अनुसन्धान प्रतिवेदन आउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले उक्त कसूर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ ले निषेधित गरेको कार्य भएको भन्दै सो गर्ने जो कोहीलाई कानून बमोजिम दण्ड सजायको व्यवस्था भएकाले कोही कसैले कुनै पनि बर–बहानामा कोही कसैको अश्लिल तथा गोप्य राख्नुपर्ने फोटो भिडियोहरु खिच्न÷कैद नगर्न अनुरोध गरे ।
यदी कोही कसैले त्यस्तो कार्य गरे गराएको भए तत्कालै गोरखा प्रहरीमा सम्पर्क राखी जानकारी दिन पनि प्रउ बिकले आग्रह गरेका छन् ।
