टेक्सास । हाल अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठको सम्मानमा आइतबार डालस शहरमा एक स्वागत कार्यक्रम आयोजना गर्न लागिएको छ ।
एनआरएनए अमेरिकाद्वारा डालसस्थित द गोर्खा बार एण्ड ग्रिल रेस्टुरेन्टमा आइतबार (१५ जुन) अपरान्ह ४ बजे स्वागत कार्यक्रम राखिएको हो ।
उक्त स्वागत कार्यक्रममा सहभागी हुन एनसीसी अमेरिकाले डालसस्थित सबै नेपाली संघसंस्थाका अध्यक्षलगायत पदाधिकारीहरु, समाजसेवी, व्यवसायी तथा एनआरएनएसँग आबद्ध अभियन्ताहरुलाई आमन्त्रण गरेको छ ।
गत मे ३ र ४ तारिखमा काठमाडौंमा आयोजित एनआरएनको एकता महाधिवेशनद्वारा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसीसी) निर्विरोध निर्वाचित भएको थियो । अध्यक्षमा निर्वाचित भए यता श्रेष्ठको यो पहिलो अमेरिका भ्रमण हो ।
