काठमाडौं । मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
मोरङ प्रहरीका नायब उपरीक्षक (डिएसपी) कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
लिम्बूले माछा मार्न बिजुलीको पोलबाट सिधै हुक गरेर खोलामा करेन्ट लगेका थिए । अचानक करेन्ट लागेर दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवै जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
Facebook Comments Box
