काठमाडौं । जय नेपाल इन्टरनेशनल फाउन्डेशन (JAYNEPALINTERNATIONALFOUNDATION – JNIF) का केन्द्रीय सदस्य महेन्द्र बस्नेत कार्यवाहक अध्यक्षमा नियुक्त भएका छन् ।
फाउन्डेशनका अध्यक्ष मदनराज पौडेलको कार्यव्यस्तताका कारण आगामी एक महिनाका लागि बस्नेतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
२०२५ जुन ७ तारिखदेखि एक महिनासम्म अध्यक्ष पौडेल अनुपस्थित रहने भएकाले फाउन्डेशनको निर्णयअनुसार बस्नेतले उक्त जिम्मेवारी सम्हाल्नेछन् ।
अध्यक्ष पौडेलले एक नियुक्ति पत्रमार्फत बस्नेतलाई सफल कार्यकालको शुभकामना दिएका छन् । २० वटा भन्दा देशमा अध्यक्षहरु नियुक्त गरिसकेको फाउन्डेशनले अरु थप देशमा सङ्गठन बिस्तार गर्नका लागि पनि बस्नेतलाई जिम्मेवारी दिएको हो ।
बस्नेतको नियुक्तिलाई फाउन्डेशनका सम्पूर्ण सदस्यहरू तथा विश्वभर फैलिएको नेपाली डायस्पोराले स्वागत गरेका छन् ।
