काठमाडौं । चितवनमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका-२ ज्यामिरेचोकस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं।को इभी कार गएराति एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा कार चालकको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-८ बस्ने ४२ वर्षीय प्रदीप तिमल्सिना रहेका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा अस्पतालले आज बिहान ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
दुवै सवारी र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।
