काठमाडौैं । जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १३९ रन बनाएको थियो ।
१८.३ ओभरमा २ विकेटको क्षतिमै सुदूरपश्चिमले १४० रनको लक्ष्य भेट्टायो । सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले सर्वाधिक ५८ रनको उत्कृष्ट योगदान गरे ।
उनी अन्तिमसम्म क्रिजमा टिकिरहे । कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे । क्वालिफायरमा पराजित जनकपुरले अब फाइनल पुग्नका लागि भोलि कर्णाली याक्सविरुद्ध खेल्नेछ ।
आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
