काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको हो । पीडित महिला गर्भवती समेत रहेकी छन् ।
वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ । उनीहरुलाई प्रहरी कार्यालय ल्याइदैँछ ।
महिलालाई बन्धक बनाइएको खबर आउनासाथ उपत्यका प्रहरी कार्यालयका एसएसपी सानुराम भट्टराईले खोजीको लागि प्रहरी परिचालन गरेका थिए । प्रहरीको तत्काल रेस्पोन्सले गर्दा महिलाको सकुशल उद्दार भएको हो ।
