काठमाडौं । नेपाल प्रहरीभित्र अत्यन्त सज्जन र सरल अधिकृतको छवि बनाएका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई अनेकन विवादमा तान्ने प्रयास गरिएको छ ।
आईजीपी कुँवर आफैमा खराब मानिदैनन्, जुनकुरा उनीसँगै काम गरेका सहपाठीहरुले भन्दै आएका छन् । तर, बेलाबेला बद्नाम गराउने तरिकाले मिडियामा उनै कुँवरको नाम मुछ्ने गरिएको छ ।
अहिले चर्चामा छ, आईजीपी कुँवरलाई आफ्नो साख्खै दाजु बाबुराम कुँवरसँग नाम जोडेर विवादमा ल्याउने प्रयास । सहकारी ठगीमा रवि लामिछाने पक्राउ परेपछि आईजीपी कुँवरको नाम जोडेर विवादमा ल्याउने प्रयास गरिएको हो ।
प्रहरी महानिरीक्षक कुँवरका दाजु बाबुराम कुँवर राष्ट्रपतिका कानुनी सल्लाहकार हुन् । उनै बाबुराम कुँवर कुनैसमय रवि लामिछानेले सञ्चालन गरेको नेचर हब्स प्रा.लि.को एक वर्ष ६ महिना कानुनी सल्लाहकार थिए । जुनकुरा बाबुराम कुँवरले समेत स्वीकारेका छन् ।
लामिछाने सहकारी ठगमा पक्राउ परेपछि बाबुराम कुँवरलाई समेत अनुसन्धानको घेरामा तान्नको लागि उनका भाई आईजीपी बसन्त कुँवरले जोगाएको भन्दै मिडियामा अनेकन टिकाटिप्प्णी भयो ।
तर, उनै बाबुराम कुँवरले रवि लामिछानेको छानबिन सम्बन्धमा आफ्ना भाइ आईजीपी बसन्त कुँवरलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सल्लाहकार कुँवरले उक्त कम्पनीमा कानुनी सल्लाहकारका रुपमा कार्यरत रहेको साँचो भए पनि त्यस प्रकरणसँग जोडिएका विषयमा आफ्नो कुनै भूमिका नभएको दाबी गरेका छन् ।
यसरी आईजीपी कुँवरलाई विवादमा ल्याएर अनेकन मिडियाबाजी गर्न केही आपराधिक गिरोह लागिपरेको छ । यसअघि पनि आईजीपी कुँवरलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा विवादमा ल्याइएको थियो ।
जतिबेला उनलाई पदमुक्त गराउन केही व्यक्तिहरु लागि समेत परेका थिए । तर, उनको कुनै पनि संलग्नता नभेटिएपछि ती व्यक्तिहरु आफैं साइड लागेर बसेका थिए । अहिले तिनै व्यक्तिहरु पुनः सल्बलाउन थालेका छन् ।
०००
कानुनी राज्यमा कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्न भन्ने सन्देश दिने गरेका आईजीपी कुँवरको कार्यकालमा हाइ प्रोफाइल व्यक्तिहरु कारागार चलान भए । जुनकुरा सर्वविदितै छ ।
आईजीपी कुँवरको नेतृत्वमा संगठनको छवी चुलिँदै गएपछि केहि व्यक्तिहरु धर्मराएर उनलाई बद्नाम गराउन खोजेको कुरा प्रष्ट छ । जबकी कुँवर प्रहरी प्रमुख भएपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालको ूसुरक्षा छवीू उचालिएको छ ।
उनको कार्यकालमा पूर्वगृहमन्त्रीद्धय रवी लामिछाने, बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेर कानुनी दायरामा आए ।
आइजीपी कुँवरले जसलाई पक्राउ गर्दा पनि सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री र गृहमन्त्रीसँग समन्वय गरे । आईजीपी कुँवरले घटना सार्वजनिक भएलगत्तै कानुनको पालनामा चुक्न नहुने बताउँछन् । ‘दोषी कसैलाई पनि छुट नदिनु कानुन राज्य हो,’ उनी भन्छन् ।
उनले नेपाल प्रहरीको नेतृत्व लिएसँगै विभिन्न क्षेत्रसँग समन्वयगरि सहज ढंगबाट ठुला ठुला घटना पनि प्रहरीले सफलता हात पारिरहेको छ । कानुनी राज्यका लागि अहोरात्र खटिदैँ प्रहरी संगठनलाई गति दिन कुँवर लागिपरेका छन् ।
