काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख दीपक थापाको नाम र तस्विर ट्रु कलरमा राखेर धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
सीआईबीको टोलीले विराटनगरका ३० वर्षीय हेमकुमार खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न व्यक्ति र वित्तिय संस्थाहरुलाई धम्की दिएको सीआईबीले जनाएको छ।
खड्का पक्राउ परेपछि सीआईबीका कर्मचारी, लोगोको दुरुपयोग गरी धाक धम्की दिनेबारे सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ।
Facebook Comments Box
