काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमाललाई केन्द्रमा तानिएको छ । उनको ठाउँमा एसपी गौतम मिश्रलाई जिम्मेवारी दिइएको छ ।
एसपी गौतम मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत थिए । उनी प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन । यसअघि उनले धादिङको समेत सफल कार्यकाल बिताएका थिए ।
चितवनमा रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गर्दै आएको प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै उनलाई केन्द्रमा तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।
रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए।
Facebook Comments Box
