काठमाडौं । अध्यागमन विभागको महानिर्देशकमा सहसचिव गोविन्द रिजाललाई सरुवा गरिएको छ । रिजाल यसअघि गृहमन्त्रालय जिम्मेवारीविहिन थिए ।
गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा जगेडामा रहेका सहसचिव रिजाललाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
विभागका यसअघिका महानिर्देशक कोषहरी निरौलाको सञ्चार मन्त्रालयमा सरुवा भएपछि रिक्त रहेको पदमा रिजालको सरुवा गरिएको हो ।
रिजाल यसअघि काठमाडौंको सिडिओ भइसकेका सिनियर सहसचिव हुन् ।
दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, सल्यान, रौतहट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।
Facebook Comments Box
