काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको हो ।
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणीमा दाहसंस्कार गरेका थिए ।
सो विरोधलाई प्रजिअ यादव र प्रहरी प्रमुखले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण छ ।
Facebook Comments Box
