काठमाडौं । नेपाल प्रहरीमा प्रहरी जवानदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्म बढुवाको लागि बाटो खुलेको छ ।
गृह मन्त्रालयले गत शुक्रबार जनपथ र प्राविधिक समूहका १,१ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेसँगै अन्यको लागि समेत बाटो खुलेको हो ।
माथिल्लो प्रहरी अधिकृतमा पद रिक्त भएको महिनौं दिनपछि एआईजी सिफारिस गरिएको हो । जनपदतर्फका किरण राना एआईजीमा बढुवा सिफारिस भएसँगै प्रहरीमा चारवटा डीआईजी पद रिक्त छ ।
रिक्त डीआईजीको लागि तीन टोली प्रतिस्पर्धामा छन् । २०५१, २०५२ र २०५३ को टोली डीआईजी बन्न मरिहत्ते गरेका छन् । तर, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमा चतुर्वेदी मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
उनीहरु २०५३ को टोली हुन् । उनीहरुसँगै गणेश चन्द, भोला रावल र ध्रुव राउत पनि प्रतिस्पर्धामा छन् । संगठनमा कमजोर मानिएका उनीहरु हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरका ब्याची हुन् ।
त्यस्तै डीआईजीको लागि एसएसपीहरु दिनेश आचार्य, ओम राना, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर विक, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, अरुण पौडेल, गोविन्द थपलिया, माधव श्रेष्ठ पनि प्रतिस्पर्धी छन् ।
उनीहरुसँगै दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुगं, सन्जिव शर्मा दास र शारदा प्रसाद चौधरी पनि डीआईजीको प्रत्यासी हुन् ।
डीआईजीपछि गृह मन्त्रालयले एसएसपी बढुवाको तयारी समेत गरेको छ । हाल प्रहरीमा १८ वटा एसएसपीको पद रिक्त छ ।
एसएसपी बढुवाको लागि २ लटमा बढुवा भएका प्रहरी उपरीक्षक (एसपी) अर्थात २०५६ को टोलीबाट विनोद सिलवाल, गोविन्द अधिकारी, विमल कँडेललगायत छन् ।
उनीहरुपछि २०५८ सालमा भर्ना भएका एसपीहरु रमेश थापा, अनुपम शमशेर जबरा, अजय केसी, नवराज अधिकारी, कृष्ण पंगेनी, जनार्दन जिसी, सन्तोष खड्का, कमल थापालगायत छन् ।
त्यसैगरी, होविन्द्र बोगटी, सन्तोष सिंह राठौर, प्रभु प्रसाद ढकाल, सन्तोष भट्टराई, दयानिधी ज्ञवाली, प्रविण धिताल, राजेन्द्र प्रसाद धमलालगायतको टोली छ । उनीहरु संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
त्यसैगरी एसपी बढुवाको लागि समेत २ लटमा बढुवा भएका टोली छन् भने डिएसपी बढुवाको लागि २०७० सालमा भर्ना भएको टोली मुख्य दाबेदार छ । हाल एसपीको २७ पद रिक्त छ ।
‘बरियताका आधारमा भन्दापनि कामको मूल्याकंनको आधारमा बढुवा गर्नेगरी तयारी भइरहेको छ,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘यसले गर्दा काम गर्ने प्रहरीहरुको मनोबल उच्च हुनेछ ।’