काठमाडौं । प्रहरीले कैलालीबाट ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पसल सञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।
Facebook Comments Box
