काठमाडौं । बिपद् उद्दार र राहत बितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिल बहादुर बडुवालको निधन भएको छ । असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।
बिपद् ब्यबस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य बिपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हाल सम्म त्यहिं कार्यरत थिए ।
पछिल्लो समय असोज ११ गते देखिको अबिरल बर्षाका कारण काभ्रेको विभिन्न ठाउंमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो ।
सो बेशबाट काभ्रेको रोशी, भुमिडांडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायतका स्थानमा परिचालित थियो ।
सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछी असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो ।
बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए । उनको आजै सांझ पशुपती आर्यघाटमा फौजी सम्मानका साथ अन्तेस्टी गरिने छ ।
उनी संगठनामा मिजासिला , हंसिलो स्वभाव भएका , जिम्मेवारी प्रती लगनशिल अधिकृत थिए ।
