काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई सात दिने सूचना जारी गरेको छ ।
विगत लामोसमयदेखि बिना जानकारी संगठनले खटाएको कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै हेडक्वार्टरले ७ दिनभित्र स्पष्टीकरणसहित जवाफ दिन प्रहरी सहायक निरिक्षकसहित प्रहरी जवानसम्मका २४ जनालाई निर्देशन दिएको छ ।
प्रधान कार्यालयले कार्यालयमा उपस्थित नभएमा सेवाबाटै हटाउनेसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

Facebook Comments Box
