काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह उर्फ बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपरेको आरोप लगाएका छन् ।
त्यहीकारण आफूले आज बाल दिवसको शुभकामना दिन नसकेको पनि उनको भनाई छ । बालेनले सो शुभकामना स्वयम प्रधानमन्त्री ओलीलाई टक्र्याएको उल्लेख गर्दै ग्रहण गर्न भनेका छन् ।
उनले फेसबुक पेजमा लेखेका छन्- ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’
Facebook Comments Box
