काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । यज्ञबिनोद पोखरेल, लालमणि आचार्य र राजेश बाँस्तोलाको सरुवा भएको हो ।
मधेस प्रदेशमा कार्यरत डीआईजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ । मधेस प्रदेशमा आचार्यको सरुवा भएको छ । उनी नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत थिए ।
यस्तै प्रहरी शिक्षालय भरतपुरमा प्रहरी प्रधान कार्यालयमा कार्यरत बाँस्तोलालाई खटाइएको छ ।
Facebook Comments Box
