कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी जबरजस्ती करणीको सिकार बनेकी छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका–४ की १७ वर्षीया किशोरी जबरजस्ती करणीको सिकार बनेकी हुन् । कृष्णपुर नगरपालिका–२ का दुई युवाले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ ।
कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय रमेश चौधरी र २७ वर्षीय सुरेश चौधरीका नाममा इलाका प्रहरी कार्यालय झलारीमा पीडित किशोरीकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।
गत भदै २१ गते साँझ किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको उनले बताए । किशोरीलाई फोन गरेर काम छ भन्दै जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित पक्षको छ ।
अष्टमी मनाउन मामाघर आएकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित पक्षबाट निवेदन परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुबै जनालाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
