काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ ।
आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box
