काठमाडौं । पर्साको बार्वा नाकाबाट केही दिन यता ठुलो परिमाणमा तस्करी धन्दा मौलाएको छ । तस्करी धन्दा सानो रुपमा नभएर ठुलो मात्रामा शुरु भएको हो ।
बार्वा नाकाबाट लत्ताकपडा, रजनिगन्ध, किराना सामाग्री, कुखुराको चल्ला र डाबरको पेस्ट, लेक्मी क्रिम, मुम दालको ठुलो मात्रामा तस्करी मौलाएको हो । तस्करका एक समूहले बिहान ६ बजेदेखि राती २ बजे सम्म ७,८ वटा साइकलमा कार्टुनहरु लोड गरि सिमा नाका कटाउने गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेल र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सिमा नाकामा हुने तस्करी पुर्णरुपले बन्द गर्न निर्देशन दिएपनि उनीहरुको निर्देशन विपरीत बार्वा नाकाबाट ठुलो मात्रामा तस्करी भएको हो ।
केहीदिन पहिला सशस्त्र प्रहरी बल गुल्म वीरगन्ज भन्सारका डिएसपी सुरज रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले बिन्दवासिनीको वार्वटोलमा भण्डार गरि राखिएको मुगको दाल, कोल्गेटको पेस्ट र लेक्मी क्रिम गरी करिब २० लाखको बरामद गरि भन्सार कार्यालयमा बुझाएको थियो ।
विबेक भन्ने तस्करले स्थानिय प्रहरी प्रशासनलाई मोटो रकमको नजराना बुझाई पुन ठुलो मात्रामा अहिले तस्करीको लाइन लिई तस्करी गर्ने गरेका हुन् । यस्तो गतिविधितर्फ समबन्धि निकायको ध्यान जान यति आवशयक देखिएको छ ।
