काठमाडौं,नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)लाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना बनेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजनागरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछिप्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमानआईजीपी बसन्त कुँवरलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना भएको आरोप लगाए ।

एआईजी ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोजभएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिएको उनको भनाई छ
आईजीपी अमेरिका गएकै बेला नक्कलीभुटानी शरणार्थी प्रकरणका आरोपीमध्येका एक बेचन झा पक्राउ परेका थिए,सोही विषयले प्रहरीमा हलचल मच्चिएको थियो ।
अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजीज्ञवालीलाई चार महिना नपुग्दै त्यहाँबाट हटाइएको छ,उनीमाथि चेन अफ कमाण्ड नमानेको आरोप थियो ।
