काठमाडौं । पश्चिम नवलपरासी अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।
२२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ ।
उनी धादिङको गल्छी गाउँपालिका–४ निवासी हुन् । अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए ।
आत्महत्याको कारण भने खुलेको छैन ।
Facebook Comments Box
