वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरको छ।
पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाऊपालिका वडा नम्बर २ सुन्दर बस्ती टोल बस्ने बर्ष ३० को अनिता गौरी रहेका छिन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलको अनुसार गौरीको घरमा लागुऔषध रहेको प्रहरीले सूचना पाएपछि उनको घरमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको हि ।
कानुनी रितपुर्याइ खानतलासी गर्दा उक्त कोठामा रहेको बक्स पलङ्गभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ५० केजी बरामद गरेको उनले बताए ।
पक्राउ परेकी गौरीलाई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-५ दिन थप म्यादको अनुमति लिई अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।
