तेह्रथुम । तेह्रथुमको आठराईमा एक नवजात शिशु (छोरी) को शव शौचालयको सेप्टी ट्यांकीमा फ्याँकेको अवस्थामा फेला परेको छ ।
नवजात शिशुको शव बोरामा राखेर सेप्टी ट्यांकीमा फालिएको अवस्थामा शुक्रबार फेला परेको हो । औपचारिक रुपमा विवाह नगरेका तर सँगै बस्दै आएका एक जोडीले बच्चा जन्माएर शौचालयको सेप्टी ट्यांकीमा फालेको आशंका गरिएको छ ।
सोही आधारमा आठराई गाउँपालिकामा– ७ थोक्लुङ भालुखोपका नगेन्द्र श्रेष्ठ र मनिता लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरूले मरेको बच्चा जन्मिएकाले फालेको बयान दिएको बताइएको छ ।
Facebook Comments Box
