काठमाडौं । आचरणसम्बन्धी गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दारसम्मका २१० प्रहरी कर्मचारीको एकैपटक सरुवा गरेको छ ।
सेवाग्राहीबाट आचरण र अनुशासनको गुनासो आएको र कार्यसम्पादन समेत चुस्त नभएको भन्दै २१० जना प्रहरीको एकैपटक सरुवा गरेको परिसरले जनाएको छ ।
परिसर स्रोतका अनुसार काठमाडौंका वृत्तहरूमा खटिएका प्रहरी जवानदेखि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार गरी २१० जनाको सरुवा गरिएको हो ।
६ महिनाभन्दा बढी समय एउटै कार्यालयमा बसेकाहरूको सरुवा भएको छ । पछिल्लो समय काठमाडौंका वृत्तहरूमा खटिएका केही प्रहरी कर्मचारी अपराधमा संलग्न हुने गरेको समेत पाइएकाले सरुवा गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
