काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएकाहरुलाई दरज्यानी चिन्ह प्रदान गरेसँगै पदस्थापन गरेको छ ।
बिहीबार कार्यालयले चार जना एसएसपीको पदस्थापना गरेको हो । पदस्थापन हुनेमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन् ।
एसएसपीहरु क्रमश श्याम कृष्ण अधिकारी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, रविन्द्र रेग्मी गण्डकी प्रदेश शान्ति सुरक्षा महाशाखा पोखरामा सरूवा भएको छ ।
त्यस्तै, भिमबहादुर दाहाल कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र नान्तीराज गुरुङको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा वीरेन्द्रनगरमा सरूवा भएको छ ।
![बढुवा भएका चार एसएसपीले लगाए फुली, सँगै पदस्थापना [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/06/shyam-adhikari-1024x683.jpg)