काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले पर्सा जिल्लाको कमाण्ड सम्हालिरहेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किसन कर्माचार्यलाई फिर्ता फोलाएको छ ।
सशस्त्र प्रहरी बल स्रोतकाअनुसार एसपी कर्माचार्यलाई काठमाडौंस्थित प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा तानिएको हो ।
कमजोर कार्यसम्पादन र अवैध सामान ओसारपसारमा संलग्न तस्करसँग सम्बन्ध जोडिएको भन्दै उनलाई तानिएको बताइन्छ । तर सो कुरा हल्लामात्रै भएको केहीको दाबी छ।
त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमासमेत पोष्टिङ भएका कर्माचार्यले पर्सा जिल्लाको कमाण्ड सम्हालेको सात महिना मात्रै भएको थियो ।
वीरगञ्ज भन्सारको सुरक्षामा खटिएका डिएसपी र एसपी कर्माचार्यबीच खटपट भएपछि हेडक्वार्टरले तानेको स्रोतको दाबी छ ।
एसपी कर्माचार्यको ठाउँमा राधेश्याम धिमालले नेतृत्व गर्नेछन् ।
