काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका थलीमा एकजना पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । मंगलबार विहान साढे पाँच बजे उनको शव भेटिएको हो ।
थली प्रहरीका अनुसार शव थलीको उकालामा फेला परेको हो । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न बाँकी छ ।
कालो कपडाले शवको अनुहार ढाकिएको छ । घटना स्थलमा दुईवटा ब्लेड समेत फेला परेको प्रहरीको भनाई छ ।
अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
