कुनै समय आफ्नै पार्टी सभापति गिरिजा प्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र सँग एकै पटक भिडेका थिए गगन थापा । देशमा माओवादी विद्रोह चरम थियो। कांग्रेसमा गणतन्त्रको कुरा गर्न वर्जित थियो ।
त्रिचन्द्र कलेज अगाडि गगनले राजतन्त्र विरुद्ध नारा लगाए । गिरिजाले प्रतिक्रिया दिए, ‘त्यो भारतले प्रयोग गरेको मान्छे हो ।’ तर अन्तिममा गिरिजा प्रसाद पनि गणतन्त्रको नारा लगाउन आइपुगे ।
नेविसंघको महाधिवेशनमा पोखरा सभा गृहको गेटमा झन्डै मारिएका थिए गगन । त्यो ढुङ्गाको छप्पनी उनको ठाउँकोमा झन्डै झन्डै खसेको थियो ।
पार्टी महामन्त्रीमा आफ्नै ससुरा सँग लडे । कांग्रेस २६ सिटमा खुम्चिएको थियो। ५० वर्ष हामीले खायौ भन्दै थिए नेकपा नेताहरू । केपी ओली नेपालको इतिहासकै शक्तिशाली प्रधानमन्त्री थिए । राष्ट्रपति उनी अनुकूल थिए ।
शक्तिशाली ओली सँग गगन लडे । एमसीसी यति गिजलियो की, एक होनहार युवा ‘एमसीसी नेपाल आयो भने चरा मर्छन्’ भन्दै आन्दोलनमा उत्रिएका थिए ।
व्यापक अन्योल थियो, त्यस्तो अवस्थामा गगन गर्जिए, ‘कमरेडहरू संसदमा तपाईँको बहुमत छ एमसीसी नचाहिने हो भने त्यसको छिनोफानो सांसदबाट गरौँ, सडकमा रमिता नगरौँ । एमसीसीका कारण अमेरिकी सेना नेपाल आयो भने मलाई चार पाटा मुडेर थानकोट कटाउनु ।’
आफ्नै पार्टी सभापति शेरबहादुर देउवा सँग लडिरहेका छन् । सँग सँगै केपी र प्रचण्ड सँग पनि लड्दै छन् । अहिले थपिएको ‘सहकारी ठगी ।’ इतिहासमा गगनले हार्न जानेका छैनन् । के त्यो इतिहास कायम रहला ?
(हाल अमेरिकामा रहेका पत्रकार विष्णुहरी घिमिरेको फेसबुकवालबाट साभार)
