काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले चितवन रत्ननगर न.पा. वडा नं.१३ स्थितमा रहेको असाहय बृद्ध कल्याण समाजमा रहेका बृद्ध बृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यान्न सामाग्री बितरण गरेकी छन् ।
नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशको आयोजनमा संघकी अध्यक्ष कुँवरले बृद्ध बृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यान्न सामाग्री वितरण गरेकी हुन् । सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले लत्ताकपडा तथा खाद्यान्न सामाग्री वितरण गरेको हो ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वाल, जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख भावेश रिमाललगायतको उपस्थितिमा रहेको थियो ।

