Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
चितवन । भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ । उनीहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, सशस्त्र प्रहरीका एसपी शशी पाण्डे, चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीलगायतले दीक्षित गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गरिमालाई उच्च राख्दै अनुशासित, निपक्ष, इमान्दार र कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न निर्देशन दिइन । भरतपुर महानगरपालिका हरेक क्षेत्रमा अब्बल रहेको र नगर प्रहरीले पनि देशकै…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलालयको स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराए । “कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “सम्मानित सदनमा म दोहर्याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति…
काठमाडौँ । पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए । राजीनामा दिनुको कारणबारे एसएसपी खड्का भन्छन्, ‘अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको हाम्रो निष्कर्ष छ ।’ त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी छन् ।
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा एउटा अनौठो घटना भएको छ । आफ्ना श्रीमान परस्त्रीसँग लागेको पीरमा आत्महद प्रयास गर्दा छोरीको मृत्यु भएको छ भने आमा चाहिँ घाइते भएकी छन् । गोपालडाँडाकी- २८ वर्षीया माया रम्तेलले ५ वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्न खोज्दा छोरी वर्षाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८स्३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान छोरी वर्षाको मृत्यु…
धनुषा । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोली चलाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ । अवस्था बिग्रिन नदिन घटनास्थलमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
दाङ । दाङको घोराही ३ गोग्लीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर बिष्णु घिमिरेको क्वार्टरमा नै प्रवेश गरेर हातपातसहित कुटपिट गरेको आरोपमा दाङ प्रहरीले माओवादी नेतासहित तीन जनालाई पक्राउ गरेको छ । परिवारसहित सिमेन्ट उद्योगभित्र क्वार्टर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५ वर्षीय बसन्त अधिकारी, ३८ वर्षीय यादव अधिकारी र ४० वर्षीय खिमबहादुर डाँगीलाई बिहीबार पक्राउ गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसन्त स्थानीय माओवादी नेता हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा नायब उपरीक्षक (डिएसपी) जनक मल्लले अनाधिकृत क्षेत्रमा प्रवेश गरेर आपराधिक उपद्रो गरेको कसुरमा तीनजना विरुद्ध अदालतबाट म्याद थप भई…
काठमाडौं । नेपाली कांग्रेसभित्र कोइरालाहरुको परिवारवादको विरोध गरेर राष्ट्रिय राजनीतिमा पटकपटक सभापति र प्रधानमन्त्री पदमा स्थापित शेरबहादुर देउवा छोराको विवाहपछि अर्को विवादमा तानिएका छन् । अब हुने नयाँ मन्त्रीमण्डलमा आफ्नो पत्नी आरजु देउवालाई मन्त्री बनाउन खोजिरहेको बेला जबर्जस्ती नयाँ क्रियाशिल सदस्य भतिज प्रकाश देउवालाई सबैभन्दा बढी आर्थिक लाभको भौतिक मन्त्री बनाएर विवादमा तानिएको बर्षदिन नबित्दै डडेल्धुराकै भएको कारण नारायण भट्टलाई जबर्जस्ती राष्ट्रिय सभामा मनोनित गरेका थिए । जिल्ला सभापतिमा ४ सय मतले जितेका प्रकाश बम दोस्रो राउन्डमा करोडौं खर्च गरेर हराएको डरले आरजु धनगढीमा चुनाव लड्न डराएर डडेल्धुराबाट तेस्रोपटक समानुपातिक सांसदमा मनोनित भएकी थिइन् । देउवाको चाकरी गरेर पद प्राप्ती…
चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो । विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए । सर्वे आगामी सोमबारबाट सुरु गरी एक हप्ताभित्र सक्ने गरी काम थालिने छ । नगर प्रमुख, रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजन्नन केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढ्ने बताइएको छ । सर्वे रिपोर्ट आएपछि…
काठमाडौं । बबहरमहलमा बसले प्रहरीको भ्यानलाई ठक्कर दिँदा पाँच प्रहरी घाइते भएका छन् । साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको प्रहरी भ्यानलाई ठक्कर दिएको थियो । ठक्करबाट काठमाडौं जिल्ला परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) पवन भट्टराईसहित पाँच प्रहरी घाइते भएको बताइएको छ । उक्त प्रहरी भ्यान डिएसपी भट्टराईले प्रयोग गर्थे । बबरमहलमा भएको दुर्घटनामा घाइते प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । कास्कीका प्रमुख थापा प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । गण्डकी प्रदेश सरकार, कास्की पोखराले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो । सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको बताइएको छ । एसपी थापाले ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनी संगठनमा इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।